बजेटबारे अनिल शाहको प्रतिक्रिया 'बजेट धेरै सकारात्मक छ, अब मौद्रिक नीति कुरौ'


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बजेटबारे अनिल शाहको प्रतिक्रिया 'बजेट धेरै सकारात्मक छ, अब मौद्रिक नीति कुरौ'

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बजेटले सबै विषय समेटेको र यो एकदमै विस्तृत रहेको बताएका छन् ।  हालको महामारीसँग केन्द्रित बजेट ल्याउने विकल्प नलिई बजेटले आगामी आर्थिक वर्षमा महामारीको पूर्व स्थितिमा फर्कने अनुमान लिएको उनले बताएका छन्। आगामी चुनावलाई ध्यानमा राखी बजेटमा धेरै पक्षहरू समेटिएकोले यसले जनतालाई सहयोग पुर्‍याउँने उनको विश्वास छ।

तर बजेटको सफलता यसको कार्यन्वयनमा  भर पर्ने भन्दै उनले विगतका वर्षमा झैँ अहिले पनि कार्यन्वयनको पाटोमा ध्यान दिनु पर्ने बताएका छन् । अहिलेको महामारी कति समय लम्बिन्छ भन्ने पनि बजेटको कार्यन्वयनमा भर पर्ने उनले बताएका छन् । बजेटले बिनियोजन गरेका रकम हेर्दा अर्थतन्त्र छिट्टै लयमा फर्कने  र सबै क्षेत्रबाट हुने करहरु नियमित रुपमा आउने विश्वास बजेटले लिएको उनको भनाई छ । 

Read More