प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँट, आकार बढाइयो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँट, आकार बढाइयो

काठमाडौं : प्रभु सेलेक्ट फन्डको इकाई शुक्रबार बाँडफाँट भएको छ । फन्डको कुल १२ करोड ५० लाख इकाई बाँडफाँट गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँट गरिएको छ । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु बाँडफाँट गरिएको छ ।

यस्तै, १० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँट गरिएको कोष व्यवस्थापकले जानकारी गराएको छ । प्रभु सेलेक्ट फन्डले जेष्ठ ५ गतेदेखि ९ गतेसम्म कुल १० करोड इकाई निष्कासन गरेको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको हो ।

Read More
  • MBL