काठमाडौं । फेसबुककाे स्वामित्वमा रहेकाे सामाजिक सञ्जाल इन्स्टाग्रामले टिकटकको विकल्पको रुपमा इन्स्टाग्राम रिल्स उपलब्ध गराउँदै आएको छ । रिल्सका प्रयोगकर्ता बढिरहँदा कम्पनीले नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरेकाे छ ।
अब कम्पनीले आफ्ना प्रयोगकर्तालाई ‘बोनस’ फिचर उपलब्ध गराउने भएको छ । जसमार्फत रिल्स क्रियटरले आम्दानी गर्नसक्ने छन् । यसअन्तर्गत रिल्स भिडिओ क्रियटरले अब युट्यवमा जस्तै पैसा आम्दानी गर्न सक्नेछन् ।
यो फिचरको विषय अनुसन्धानकर्मी एवं डेभलपर एलेस्यान्ड्रो पालुजीले फेला पारेका हुन् । उनले इन्स्टाग्रमले हाल उक्त फिचरमा काम गरिरहेको स्क्रिनशट शेयर गर्दै यसबारेमा जनकारी दिएका छन् । ...





