कति छ नबिल इक्विटी फन्डको सेयर बजारमा लगानी ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कति छ नबिल इक्विटी फन्डको सेयर बजारमा लगानी ?

काठमाडौं : वैशाख मसान्तसम्म अइपुग्दा नबिल इक्विटी फन्डले १ अर्ब ६४ करोड १६ लाख ८८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । यो अघिल्लो महिनाकोभन्दा ५ करोड १५ लाख रुपैयाँ काम हो । चैत महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ६९ करोड ३१ लाख ९६ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा प्रतिइकाई खुद मूल्य (न्याभ) पनि घटेको छ ।

यसअवधिमा न्याभ २५ पैसाले घटेर १६ रुपैयाँ ९९ पैसामा सीमित भएको छ । अघिल्लो महिना यसको न्याभ १७ रुपैयाँ २४ पैसा थियो । यता, बैंक मौज्दात भने ३ करोड २५ लाख २१ हजार रुपैयाँले बढेर १४ करोड ९४ लाख ५७ हजार रुपैयाँ पुगेकोछ । अघिल्लो महिना बैंक मौज्दातमा ११ करोड ६९ लाख ३५ हजार रुपैयाँ थियो ।

Read More
  • MBL - below news