अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?

अब बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई इमेला वा एसएमएसबाट तत्काल जानकारी गराउनु पर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार बैंकहरुलाई निर्देशन जारी गर्दै उक्त नियम ल्याएको हो । 

त्यसैगरी, केवाइसी अपडेट डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ । केवाइसी अपडेट डिजिटल माध्यमबाट गरेर निस्कृय खातालाई संचालनको अवसर दिन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । 

नबिल बैकका जेनेरल म्यानेजर मनोज ज्ञवालीले आफ्नो फेसबकुमा मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र यसको असर भनेर प्रतिक्रिया दिएका छन् । 

राष्ट्र बैंकले आज निर्देशन गरेको मुख्य बँुदामा कमेन्ट गर्दै उनले हरेक पटक व्याजको परिवर्तन गर्दा लाखौं रुपैया बैंकहरुको एसएमएस चार्जमा जाने उल्लेख गरेका छन् । 

‘एसएमएस सेवा प्रदायकको आम्दानीमा राम्रो वृद्धि हुने,’ उनले भनेका छन् । 

उनका अनुसार हाल ३.६४ लाख करोड निक्षेप खाता र १६.८ लाख कर्जा खाता रहेका छन् । 

महिना महिना ब्याज परिवर्तन सबैले गर्ने हो भने ३६ करोड बार्षिक खर्च हुने उनले उल्लेख गरेका छन् । 
यसको बिकल्पको रुपमा सबै ग्राहकको इमेल लिने र अटोमेटिक इमेल नोटिफिकेसनमा काम गर्न उनको सुझाब छ । ‘तर तत्काल लाई खर्च बढ्यो,’ उनले फेसबुकमा लेखेका छन् ।  ...

Read More