काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको आम्दानीमा गिरावट देखिएको छ । २०२१ को पहिलो त्रैमासिक अवधिमा कम्पनीको आम्दानी एक अर्ब ५० करोड ७० लाख रुपैयाँले घटेको हो ।
एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार सन् २०२० को पहिलो तीन महिनामा कम्पनीको आम्दानी १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ रहेको थियो । तर यस वर्षको सोही अवधिमा आम्दानी रकम घटेर १० अर्ब ५३ करोड २० लाख रुपैयाँमा सीमित भएको हो ।
जसले गर्दा कम्पनीको नाफा रकम समेत कम भएको छ । कर तथा दायीत्व कट्टी गरिसकेपछिको कम्पनीको नाफा यस वर्षको सुरुवाती तीन महिनामा ७५ करोड २० लाख रुपैयाँले कम भएको छ ।
कर तथा दायीत्व कट्टी गरिसकेपछिको कम्पनीको नाफा यस वर्षको सुरुवाती तीन महिनामा १५ करोड ५० लाख रुपैयाँले कम भएको छ ।...





