एनएमबि बैंकको १ अर्ब ५० करोडको १५ लाख इकाई उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको १ अर्ब ५० करोडको १५ लाख इकाई उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकको उक्त ऋणपत्रमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिने पाइने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको थियो । 

कुल १५ लाख इकाई ऋणपत्रमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको थियो । बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२/९३’ जारी गरेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४% ब्याजदर पाउने छन् । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

Read More
  • MBL - below news