हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जेठ ११, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको ६ दशमलव ७५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औं वार्षिक साधारण बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । 

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुने हुँदा बुधवार बुद्ध जयन्तिको सार्वजनिक विदा परेकाले मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

Read More
  • MBL - below news