अनलाइन गतिविधिले बढायो मोबाइल आयात, १० महिनामै भित्रियो ३२ अर्ब बढीको मोबाइल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन गतिविधिले बढायो मोबाइल आयात, १० महिनामै भित्रियो ३२ अर्ब बढीको मोबाइल

चालू आर्थिक बर्ष २०७७÷०७८ को दश महिनामा नेपालको स्मार्टफोन तथा मोबाइल आयातमा नयाँ रेकर्ड कायम भएको छ ।

 

 

 

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षको दश महिना अर्थात बैशाखसम्म ३२ अर्ब ९ लाख बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।

भन्सार विभागका अनुसार बैशाखसम्म ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाइल भित्रिएको छ । गत बर्ष सोहि अवधिमा १४ अर्ब ६८ लाख ९ करोड रुपैयाँका ३९ लाख ५१ हजार ओटा मोबाइल सेट आयात भएको थियो ।

यो अवधिमा सबैभन्दा बढी चीन, भारत, भियतनाम, दुबईबाट मोबाइल सेट बढी आएका छन् ।

जसमा चीनबाट मात्रै १९ अर्ब बराबरका ५२ लाख मोबाइला आयात भएको छ भने भारतबाट बैशाखसम्म ११ अर्ब रुपैयाँ बराबरका ८ लाख ह्यान्ड सेट नेपाल भित्रिएको छ ।

यी लगाएत हङ्कङ, इटाली, जर्मनी, डेनमार्क, अष्ट्रेलिया, जपान, मलेसिया लगाएत ५० बढी देशबाट नेपालमा मोबाइल आयात भएका छन् । ...

Read More