काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो ।
लगानीकर्ताले सो सेयरमा न्यूनतम ७८३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।








