लघुवित्तहरू ‘हाइ टच’बाट ‘लो टच’ मोडलमा जाने बेला भएको छ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्तहरू ‘हाइ टच’बाट ‘लो टच’ मोडलमा जाने बेला भएको छ

रिबीको रेखामुनी रहेका व्यक्ति र समुदायमा लगानी गर्दै उनीहरुको आयस्तर बढाउने उद्देश्यले खुलेका लघुवित्त वित्तीय संस्थाहरु अहिले बढी नाफा केन्द्रित र व्यापारिक भएको भन्दै आलोचना भइरहेको छ । नेपालमा झण्डै १०० को हाराहारीमा पुगेका लघुवित्त संस्थाहरु अहिले मर्जर तथा प्राप्ति र नयाँ लाइसेन्स नदिँदा ७४ वटा मा सीमित भएका छन् । अहिले भएका लघुवित्त वित्तीय संस्थाहरु के कसरी काम गरिरहेका छन् ? यसले समाजलाई कसरी सकारात्मक प्रभाव पारिरहेको छ र लघुवित्त वित्तीय संस्थाका समस्या के के छन् भन्ने विषयमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

निषेधाज्ञामा लघुवित्तहरुले कसरी सेवा प्रदान गरिरहेका छन् ?
–कोभिडको संक्रमण बढदै गएपछि लघुवित्त बैंर्कस सघंले सूचना जारी गरेर सबै वित्तीय संस्थाहरुलाई संक्रमण फैलन नदिन सुरक्षाका मापदण्डहरु पालना गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन पूर्णरूपमा पालना गरी सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न अपील गरेको छ । प्राय जसो लघुवित्तहरुले पालना गरेका पनि छन् । यस असहज परिस्थितिमा लघुवित्त वित्तीय संस्थाहरुले सीमित कर्मचारी राखी अत्यावश्यक वित्तीय सेवाहरु मात्रै प्रवाह गरेका छन् र कार्यालय पुरै बन्द गर्न पनि नसकिने अवस्था पनि छ । कतिपय ठाउँमा लघुवित्त वित्तीय संस्थाको मात्रै उपस्थिति भएको हुँदा ग्राहकहरुले यस असहज परिस्थितिमा उनीहरुको बचत निकाल्न आइरहेका छन् ।

तपाइँहरुले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपश्चात कारोबार र व्यवसायको आकार कस्तो देखिएको छ ? अबका नयाँ योजनाहरु के छन ? ...

Read More