आइएमई लाइफ इन्स्योरेन्सले आव्हान गर्‍यो तेस्रो वार्षिक साधारण सभा, आईपीओ निष्कासन गर्नेे प्रस्ताव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई लाइफ इन्स्योरेन्सले आव्हान गर्‍यो तेस्रो वार्षिक साधारण सभा, आईपीओ निष्कासन गर्नेे प्रस्ताव

जेठ १०, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । 

Read More
  • MBL - below news