एभरेष्ट इन्सुरेन्सको एजीएम आज, ८.४२% लाभांश पारित हुँदै


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एभरेष्ट इन्सुरेन्सको एजीएम आज, ८.४२% लाभांश पारित हुँदै

काठमाडौं : एभरेष्ट इन्सुरेन्सको २६औं वार्षिक साधारण सभा आज सोमबार जेठ १० गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा दिउसो २ बजेदेखि भिडियो कन्फरेन्समार्फत सुरु हुनेछ । सभामा कम्पनीले ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्न लागेको हो । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि एभरेष्टले वैशाख २९ गते बुक क्लोज गरेको छ । तसर्थ, वैशाख २८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । 

Read More