काठमाडौं । जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आज आइतबार जेष्ठ ९ गतेबाट बन्द भएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिन पाँच बजेसम्म यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ ।
१० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ । ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।






