जेठ ९, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू भएपछि केहि बैंकले आफ्ना अनुकूल नियम बनाएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल बैंकर्स संघले गत बिहीवार प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञा भर ५० हजारभन्दा माथिको रकममात्रै खातामा जम्मा गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । संघले निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाबाट अत्यावश्यक सेवा भने प्रदान गरिने बताएको थियो ।
अत्यावश्यक परेमा ग्राहकले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी रकम खातामा जम्मा गर्न, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटीजीएस जस्ता माध्यमबाट) कारोबार गर्नुपर्ने मात्र बैंक जान संघले अनुरोध गरेको थियो ।





