नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड लगानी गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा  लागि ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो। बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम मुद्दति र कल निक्षेपमा राख्न लागेको हो।

केन्द्रिय बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते बेलुका ४ बजेसम्ममा आवेदन दिनुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ। ...

Read More