अत्याधिक गिरावटले विश्वभरिका लगानीकर्ता हतोत्साहित भएका छन् ।
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो पहिरो गयो ।
यसमा करिब दश दिनको अन्तरालमा बिटकोईनमा ३०५ सम्मको गिरावट भयोे भने अन्य क्रिप्टोकरेन्सी जस्तै ईथेरियममा ४० प्रतिशत र डोजकोईनके मूल्यमा पनि ४५५ सम्मको भारी गिरावट देखियो ।
हिजो शनिवार रातीसम्मको कोईनगेको (ऋयष्लन्भअपय) को तथ्याङ्कअनुसार बिगत सात दिनमा मात्र बिटकोईनमा २४५, इथेरियममा ४४५ र डोजकोईनमा ४०५ हाराहारीको गिरावट देखिएको छ ।
बिटकोइन मात्रै तथ्याङ्क हेर्ने हो भने अप्रिलतिर ४ लाख ६५ हजार मूल्य भएको यो क्रिप्टोकरेन्सी मे २२ मा आउँदा ४ लाख ३४ हजारसम्ममा कारोवार भयो ।
यसरी हेर्ने हो भने ९० दिनको अधिकतम र अहिलेको न्यूनतम हेर्दा करिब आधाले गिरावट आएको छ ।
बुधबारबाट अचानक रुपमा देखिएको अत्याधिक गिरावटले विश्वभरिका लगानीकर्ता हतोत्साहित भएका छन् । ...





