प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबार देखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
शुक्रबारसम्ममा मागभन्दा १.५३ गुणा धेरै इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । तेश्रो दिनसम्ममा ५६ हजार ३ सय १२ जना आवेदकबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेकोे हो । ...






