नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे

नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ ।

सो सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अभ एनडीपीसीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपएिस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सकिने छ ।

यसबाट एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ पहुँच बढाउन थप पहल गर्नेछ । 

एनडीपीसीको मोबाइल वालेट नमस्ते पे हाल प्रारम्भिक परीक्षणको चरणमा रहेको छ । नमस्ते पे अनलाइन र अफलाइन दुबै अवस्थामा प्रयोग गर्न सकिने छ । ...

Read More
  • MBL - below news