बिटक्वाइन माइनिङले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्छ : ज्याक डोर्सी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिटक्वाइन माइनिङले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्छ : ज्याक डोर्सी

काठमाडौं । ट्वीटरका सीईओ ज्याक डोर्सीले बिटक्वाइनले नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने बताएका छन् । पछिल्ला दिनमा केही आलोचक र वातावरणविदले क्रिप्टोकरेन्सीको विपक्षमा मत दिइरहँदा डोर्सीले ट्वीटमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिटक्वाइनले अधिक विद्युत खपत गर्ने र इन्धन अभाव सिर्जना गर्ने चेतावनी आइरहँदा डोर्सीले वातावरणका लागि बिटक्वाइन सकारात्मक रहेको तर्क गरेका हुन् । आफ्नो अडानलाई समर्थन गर्न डोर्सीले आफ्नो अर्को कम्पनी स्क्वायरबाट एउटा नयाँ श्वेत पत्र नै सार्वजनिक गरेका छन् ।

याे श्वेतपत्रमा उनले बिटक्वाइन माइनिङले विश्वव्यापी ऊर्जाको संक्रमणलाई नवीकरणीय बनाउन अवसर प्रदान गर्ने उल्लेख गरेका छन् । साथै यसले सोलार सिस्टममा लगानी गर्न प्रोत्साहन गर्ने भनाइ पनि उनको छ ।...

Read More