जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिन नै १४५ प्रतिशतले 'ओभर सब्सक्राइब' भएको छ।
१० करोड इकाईको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाइका लागि आवेदन परेको छ।
५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो।






