काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झालाई नियुक्ति गरेको छ । आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गरेको हो ।
झाले आफूलाई उक्त इन्स्योरेनस कम्पनीले भीजे इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा नियुक्त गरेको बताए । झा बीमा क्षेत्रमा अनुभवी र अब्बल मानिन्छन् । उनीसँग बीमा क्षेत्रको करिब दुई दशकको अनुभव छ ।








