काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
यता, कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने तयारी गरे पनि कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । धितोपत्र बोर्डमा आवेदन दिएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले आइपीओ निष्कासन गर्न लागेको हो ।






