प्रभु सेलेक्ट फन्डमा माग भन्दा धेरै पर्यो आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु सेलेक्ट फन्डमा माग भन्दा धेरै पर्यो आवेदन

काठमाडौं  : प्रभु क्यापिटलले बिक्री खुला गरेको प्रभु सेलेक्ट फन्डमा दोस्रो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । फन्ड म्यानेजर प्रभु क्यापिटलका अनुसार बिहीबार साँझसम्म ८९ करोड ८८ लाख २० हजार ५०० रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ४० हजार ५१० जना आवेदकले ८ करोड ९८ लाख ८२ हजार ५० इकाईमा आवेदन दिएका छन् । यो सर्वसाधारणले भर्न पाउने भन्दा ४८ लाख ८२ हजार ५० इकाई धेरै हो । 

प्रभु क्यापिटलले बुधबार (जेठ ५ गते) देखि प्रभु म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये फन्डले १४% अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र १% अर्थात १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित राखेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो ।  ...

Read More
  • MBL - below news