एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मागभन्दा अत्याधिक आवेदन

काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु,अस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

Read More
  • MBL - below news