जेठ ६, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा संस्थापक शेयरधनी श्रीप्रसाद चौधरीलाई नियुक्त गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले अर्को साधारण सभा नहुन्जेलसम्मको लागि सञ्चालकमा चौधरीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।
साथै सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी रोशन कुमार मंडरले दिउको राजिनामा स्वीकृत गरि रिक्त सञ्चालक पदमा चौधरीलाई नियुक्त गरेको हो ।








