भुक्तानी कारोबार बढेपनि एनसीएचएलको खुद नाफा घट्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भुक्तानी कारोबार बढेपनि एनसीएचएलको खुद नाफा घट्यो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो नवाैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भर्चुअल प्रविधिबाट भएको साधारणसभाको बैठकले कम्पनीको चुक्ता पूँजी रु. २९.८ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. ४१.१ करोड पुर्‍याउने निर्णय गरेको छ ।

साथै बोनस शेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।

आ.व. २०७६/७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा २२.२५ प्रतितशतले घटेको छ । त्यसैगरी कम्पनीले कूल पूँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कमरहेको छ । ...

Read More
  • MBL - below news