प्रभु क्यापिटल लिमिटेडले निष्कासनमा ल्याएकाे प्रभु सेलेक्ट फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले सात वर्षमा ३ गुणा बढी प्रतिफल पाउने प्रभु क्यापिटलका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले बताएका छन् ।
अर्थसंसार डटकमसँगकाे कुराकानीमा उनले याे फण्डमा लगानी गर्ने लगानीकर्ताहरूले सात वर्षकाे अवधिभरमा औषतमा वार्षिक २० प्रतिशत प्रतिफल पाउने बताएका हुन् । प्रभु सेलेक्ट फण्ड एउटा सामूहिक लगानी याेजना हाे । याे सात वर्ष अवधिकाे बन्दमुखी याेजना हाे ।
आजबाट १० रुपैयाँ मूल्यको प्रभु सेलेक्ट फण्ड बिक्रिमा,कसरी दिने आवेदन ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आउने उतारचढावका कारण हुने जाेखिमहरू वहन गर्न सक्ने क्षमता कम भएका लगानीकर्ताहरू, बजारमा लगानी गर्न चाहिने ज्ञान तथा अनुभव कम भएका लगानीकर्ताहरू, विद्यार्थी, गृहिणी तथा समय पर्याप्त दिन नसक्ने लगायतका लगानीकर्ताहरूका लागि प्रभु सेलेक्ट फण्ड लगानीकाे सबैभन्दा उत्कृष्ट औजार रहेकाे उनले बताएका छन् । ...






