नेपाल राष्ट्र बैंकद्वारा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (follow-up) सर्वेक्षण प्रतिवेदन (पूर्णपाठ सहित)
क. सर्वेक्षणको परिचय
१. कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न २०७६ चैत ११ गतेदेखि अवलम्बन गरिएको बन्दाबन्दी लगायतका उपायहरुका कारण आर्थिक क्रियाकलापहरु प्रभावित हुन पुगे। संक्रमण रोकथामका लागि अपनाइएका गैर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगैआर्थिक गतिविधि सञ्चालनमा सहजता आयो ।
२. बन्दाबन्दीका कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा एक अनलाइन सर्वेक्षण सम्पन्न गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । विभिन्न उद्योग÷व्यवसाय सञ्चालन गर्ने साना–ठूला गरी जम्मा ६७४ उद्योग÷व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए ।
३. २०७७ असारपछि सरकारले बन्दाबन्दीको व्यवस्थामा क्रमशः खुकुलो गर्दै लगेकोले उद्योग व्यवसायको गतिविधि पनि सुधार हँुदै गएको स्थिति थियो । तसर्थ, पछिल्लो व्यवसायिक स्थिति अद्यावधिक गर्ने उद्देश्यले २०७७ असारकोसर्वेक्षणमा समावेश मुलभुत प्रश्नावली र उत्तरदाताहरु समावेश गरी २०७८ बैशाख ५ देखि १४ गतेसम्म यो दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको छ ।
ख. अघिल्लो सर्वेक्षणहरुको संक्षिप्त पूनरावलोकन
४. यस बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म सम्पन्न गरेको शुरुको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ६१ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेकोदेखाएको थियो। सो सर्वेक्षणले कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग÷व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो ।
५. त्यसैगरी, यस बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग÷व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ९ प्रतिशत उद्योग÷व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो । सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन÷कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब—ज्यालामा खर्च गरेको देखाएको थियो।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (follow-up) सर्वेक्षण प्रतिवेदन पूर्णपाठ :





