बुधबारदेखि प्रभु सेलेक्ट फण्डको बिक्री खुला गरिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बुधबारदेखि प्रभु सेलेक्ट फण्डको बिक्री खुला गरिने

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेष्ठ ५ गते बुधबारदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

Read More
  • MBL - below news