५ वैशाख, काठमाडौं । अहिले अधिकाँश नेपालीको हातमा स्मार्टफोन छ । जसले घरबाटै बैंकिङ कारोबार गर्न सहज बनाइदिएको छ । डिजिटल बैंकिङलाई अझ सहज बनाउन नबिल बैंकले केहि समय अघि ‘डिजी बैंक’ स्थापना गरेको थियो ।
नबिल बैंकले ‘डिजी बैंक’ खडा गरेर अहिले आक्रामक रुपमा अघि बढेको छ । कोरोना महामारीका बेला नबिललेको डिजी बेंक निकै प्रभावकारी बनेको बैंकको दावी छ ।
निषेधाज्ञामा सामान्य बैकिङ्ग काम र कारोबारका लागि बैंक धाउनु नपर्ने बैंकको डिजी बैंका प्रमुख विनय रेग्मी बताउँछन् । सुरक्षा र सुविधाका हिसाबले आफ्नै स्मार्टफोनबाट घरमै बसेर अधिकाँश बैंकिङ्ग कारोबार गर्न उनको सुझाव छ ।
पछिल्लो समय डिजिटल कारोबारमा बैंक भन्दा उपभोक्ता एक कदम अघि बढिसकेका छन् । उपभोक्तसँगसँगै हिड्न बैंकले आफ्ना सेवालाई प्रभावकारी र बहुउपयोगी बनाउँदै लगेको छ ।
केही समयअघिसम्म धिमा गतिमा डिजिटल कारोबारमा अघि बढेको नबिल बैंकले अहिले विभाग नै बनाएर बैंकलाई ‘डिजिटाइज्ड’ गरिरहेको छ । बैंकले आन्तरिक तथा बाह्य दुवै तिर डिजिटाइज्ड गर्न नयाँ डिजी बैंक खडा गरेर ग्राहकलाई बैंक धाइरहनु नपर्ने बनाइरहको हो ।
नबिल बैंकको सञ्चालक तथा व्यवस्थापन टीमको मुख्य ध्यान बैंकलाई पूर्ण डिजिटाइज्ड बनाउने रहेको रेग्मी बताउँछन् । व्यवस्थापनले नबिल डिजि बैंक विभाग नै बनाएर अघि बढ्नु पनि बैंकले डिजिटाइजेसनमा अत्यधिक फोकस गरेको पुष्टि हुन्छ ।...





