कोरोना नियन्त्रणका लागि मेटलाइफको ५० हजार अमेरिकी डलर अनुदान


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना नियन्त्रणका लागि मेटलाइफको ५० हजार अमेरिकी डलर अनुदान

मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई कोभिड–१९ संक्रमण व्यक्तिको उपचारका लागि ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ।

सो अनुदानले ए.एन.एम.एफ.लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने विश्वास लिइएको छ। 

यो अनुदानले स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने बताइएको छ। ए.एन.एम.एफ. सन् १९९७ मा नेपाली चिकित्सकले स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो।

Read More