निषेधाज्ञामा माेबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ भुक्तानी सीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निषेधाज्ञामा माेबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ भुक्तानी सीमा

काठमाडौं । कोभिड- १९ को दोस्रो भेरियन्ट फैलिएसँगै सरकारले देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा घरमै बसी आर्थिक कारोबार गर्न विभिन्न भुक्तानी माध्यमको विकल्प हामीसामु छ ।

नेपाल राष्ट्र बैंकले कारोबार माेबाइल बैंकिङ र इन्टरनेट बैंकिङका लागि प्रतिदिन काराेबार सीमा ताेकेकाे छ ।

हाल नेपालमा मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार यो सीमा एउटै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा भने लागू हुनेछैन ।

त्यतिमात्रै नभएर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतका सेवा शुल्क भुक्तानी गर्दा कुनै सीमा लाग्ने छैन । ...

Read More