काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग गरेकाे हाे । यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजारबराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेका छन् ।




