डिजिटल कारोबारमा फड्को


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल कारोबारमा फड्को

कोरोना महामारी फैलिएसँगै नगदरहित कारोबार निकै बढेको छ । पछिल्लो एक महिनामा मात्र ३६ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको डिजिटल कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो आरटीजीएस, बालेट, एटीएम, डेबिट कार्ड, आईपीएस, कनेक्ट आईपीएस, मोबाइल, इन्टरनेट लगायतका डिभाइसबाट भएको कारोबार रकम हो ।

एटीएमबाट मात्रै ७० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । इन्टरनेट बैङ्किङमा झण्डै २ सय ३१ प्रतिशतले बढी कारोबार भएको छ । राष्ट्र बैङ्क आफैले पनि चलाउने आरटीजीएस अर्थात रियल टाइम ग्रस सेटलमेन्टमार्फत २१ खर्ब ७७ अर्ब कारोबार भएको छ । यस्तै चेकबाट ९ खर्ब बढीको कारोबार भएको केन्द्रीय बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले कोरोना महामारीसँगै डिजिटल कारोबार फस्टाएको बताएका छन् । उनले  भने, ‘पैसा छुँदा कोरोना सर्छ भन्ने भएपछि नगद कारोबार डिजिटलतर्फ स्थानान्तरण भएको छ ।’

Read More