नबिल बैंक Nabil Bank Limited र युनाइटेड फाइनान्सबीचको एकीकृत कारोबार चालू आर्थिक वर्ष भित्रै हुने बताइएको छ। प्राप्ति सम्बन्धमा आवश्यक प्रकृयागत कामहरु तिब्र गतिमा अगाडि बढेकाले अबको डेढ महिना भित्र एकीकृत कारोबार हुने जनाइएको छ।
चालू आर्थिक वर्ष भित्रै एकीकृत कारोबार गर्नेगरी प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढेको युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले पुष्टि गरेका छन्। उनकाअनुसार कर्मचारी व्यवस्थापन देखि अन्य आवश्यक प्रकृयाहरु तिब्र रुपमा अगाडि बढिरहेको छ। प्राप्ति स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा समेत पत्र पठाइसकिएको छ।



