मेगा क्यापिटललाई १ अर्ब बराबरको इकाई विक्री गर्न बोर्डको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा क्यापिटललाई १ अर्ब बराबरको इकाई विक्री गर्न बोर्डको अनुमति

जेठ ३, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फण्ड सञ्चालनका लागि रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न अनुमति दिएको छ । 

मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा मेगा म्युचुअल फण्ड–१ सञ्चालनका लागि बोर्डले उक्त इकाई विक्रीको अनुमति प्रदान गरेको हो । 

बन्दमुखी यो सामुहिक योजनाको इकाई विक्रीका लागि बोर्डले वैशाख १२ गते अनुमति दिएको हो । यो इकाई विक्री प्रबन्धकको काम पनि मेगा क्यापिटल मार्केट्स लिमिटेडले नै गर्नेछ ।

Read More