डिजिटल कारोबार बढेको बढ्यै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल कारोबार बढेको बढ्यै

चालु आर्थिक वर्षको ९ महिनामा मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ ।

कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर कोर्डमा आधारित भएर २ अर्ब ७२ भन्दा बढी मूल्यबराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि क्यूआरमा आधारित भुक्तानीको तथ्यांक सार्वजनिक सुरु गरेको हो । साउनमा १ लाख ९५ पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । साउनमा क्यूआर कोडमा आधारित भुक्तानीमार्फत ५८ करोडको कारोबार भएको थियो । पछिल्लो ८ महिनामा क्यूआरमार्फत हुने कारोबार चार गुणा बढेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो ९ महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि उल्लेख्य बढेको छ । चैतमा मात्रै मोबाइल बैंकिङबाट ४८ अर्ब ४५ करोडको कारोबार भएको छ । ...

Read More