क्युआर कोड के हो र कसरी काम गर्छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
क्युआर कोड के हो र कसरी काम गर्छ ?

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ ।

यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भइरहेको छ ।

यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ । कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणको बारेमा जान्नका लागि पनि क्युआर कोडको प्रयोग गरिन्छ । 

तपाईलाई लाग्छ होला यो क्युआर कोड प्रयोग गर्न सहज छैन होला । तर यस्तो हुँदै होइन् । यसलाई बनाउन पनि एकदमै सहज रहेको छ । 

तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ । ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ । 

क्युआर कोडमा सबै विवरणहरु सुरक्षित राख्न सकिन्छ । क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउँछ । त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा राखेको सबै विवरणहरु देखाउँछ । 

क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन् । क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ ।  ...

Read More