वैशाख ३१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
मानुषी लघुवित्तले वैशाख १३ गते र दोर्दी खोला जलविद्युत् कम्पनीले वैशाख २१ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । मानुषी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।
विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
त्यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ...








