अमेरिकाले ह्याकरलाई ५ मिलियन डलर तिरेको खुलासा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकाले ह्याकरलाई ५ मिलियन डलर तिरेको खुलासा

काठमाडौ। अन्ततः ५ मिलियन डलर फिरौती रकम तिरेर अमेरिकाको इन्धन आपूर्ति गर्ने महत्त्वपूर्ण पाइप लाइनलाई ह्याकरको कब्जाबाट मुक्त गरिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार क्रिप्टोकरेन्सिमा यो भुक्तानी गरिएको हो। 

तर, अमेरिकी अधिकारीहरूले भने फिरौती रकम तिरेको औपचारिक रूपमा स्वीकार गरेका छैनन्। ब्लुम्वर्गले समाचारमा उल्लेख गरे अनुसार अघिल्लो शुक्रवार अर्थात् पूर्वी युरोपमा रहेको आशङ्का गरिएका ह्याकरले आपूर्ति प्रणालीमा कब्जा जमाएको केही घण्टामा नै उनीहरूलाई फिरौती बुझाइएको हो। तर, वासिङ्टन पोष्टले भने कम्पनीले पैसा नतिर्ने निर्णय गरेको समाचार लेखेको थियो। 

Read More