फेसबुकको संलग्नतामा नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेसबुकको संलग्नतामा नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक हुँदै

काठमाडौं । फेसबुकले सुरु गरेको डिजिटल भुक्तानी परियोजना ‘डियम’ अन्तर्गत बुधबार ‘यूएस स्टेबल क्वाइन’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

स्टेबल क्वाइन पनि एक किसिमको क्रिप्टोकरेन्सी नै हाे, जसको मूल्य सरकारले जारी गरेको मुद्रा जस्तै स्थिर रहन्छ । उक्त अमेरिकी डलर स्टेबल क्वाइनलाई भने क्यालिफोर्निया आधारित सिल्भरगेट बैंकले जारी गर्नेछ, जसले डाइभ यूएसडी रिजर्भलाई समेत व्यवस्थापन गर्नेछ ।

प्रारम्भमा डियमलाई ‘लिब्रा’ नामले चिनिन्थ्यो । २०१९ को मध्यतिर सार्वजनिक भएको यो मुद्राले हालसम्म खासै ठूलो आकर्षण बटुल्न सकेको छैन ।

साझेदारहरु सम्झौताबाट बाहिरिएका छन् भने योजनाका विवरण पनि परिवर्तन भएका छन् । यस्तै अमेरिकी संसदहरुले समेत यो योजनाको आलोचना गरेका थिए । ...

Read More