टेलिकमले ल्यायो एक महिने 'लकडाउन स्टे कनेक्टेड' अफर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
टेलिकमले ल्यायो एक महिने 'लकडाउन स्टे कनेक्टेड' अफर

काठमाडौं, वैशाख ३० गते । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्षले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो ।

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको सि्पड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसिमा तोकेको छ ।

यसै गरी ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ र उक्त डाटा ४ दिन भित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । ...

Read More