डिजिटलाईजेशनमा अध्ययन र अनुसन्धानले नयाँ नयाँ विधिहरु पहिल्याउँदै आएको छ । यही नयाँ विधि अन्तरगत अहिले सबैभन्दा बढी चलनचल्तीमा रहेको डिजिटलाइजेशन भनेको भुक्तानी सेवा र कारोबार हो । यी सबै कारोबार बारफोनबाटै गर्न मिल्छ भन्दा केहीबेर अपत्यारीलो लाग्न सक्छ । हामीलाई लाग्छ स्मार्ट फोन विना डिजिटल सेवा अबरुद्ध छ । तर यस प्रकृयाबाट पुरै डिजिटल कारोबार सामान्य बारफोनबाटै भइरहेको छ । यो टेक्नोलोजी भित्राउने काम गरेको छ प्रभु पेले । यही प्रकृयाबाट बारफोनबाटै डिजिटल कारोबार गर्नेहरु प्रसस्तै भइसकेका छन् । मोवाइल रिचार्ज गर्न, अरुलाई पैसा पठाउन, विजुलीको विल तिर्न, डीसहोम तथा अन्य रकम भुक्तानी गर्नका लागि यसबाट सजिलो भएको प्रयोगकर्ताहरु बताउँछन् । उनीहरु भन्छन् ‘यसको प्रयोग गर्न निकै सजिलो पनि छ ।’





