काठमाडौं । अब सहकारी तथा लघुवित्त संस्थाका सदस्यहरुले समेत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । वित्तीय प्रविधि सम्बन्धी कम्पनी इन्फोडेभलपर्स प्रालीले फोनपेसँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो ।
विगत १९ वर्षदेखि सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्य गर्दै आएको इन्फो डेभलर्पस प्रालिले सहकारी तथा लघुवित्तहरुको लागि कोर बैंकिङ सिस्टमका साथै अन्य सेवा प्राविधिक सेवा समेत दिँदै आएको छ । हाल इन्फोडेभलर्पसमा झण्डै एक हजारभन्दा बढी सहकारी तथा लघुवित्त संस्था आवद्ध रहेका छन् ।
कम्पनीले मोबाइल बैंकिङ, एटीएम, ई-बैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ ।कम्पनीले देशका अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा, खल्ती, आईएमई पे, प्रभु पेसँगको सहकार्यमा एमडबली मोबाइल बैंकिङ प्लेटर्फम सञ्चालनमा ल्याएको छ ।...





