मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको छ ।
विद्युतीय कारोबार हेर्ने हो भने कनेक्ट आइपिएसमा हरेक महिना वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार यस अवधिमा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ ।
यो यसअघिको महिनाको भन्दा ३१ अर्ब २३ करोडले बढि हो । यस हिसाबले हेर्दा चैत महिनामा ३१ अर्ब २३ करोडको भुक्तानी भएको देखिन्छ ।
यो महिना भुक्तानीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । चैत महिनामा २० लाख ३८ हजार ४ सय ६५ वटा इलेक्ट्रोनिक ट्रान्जेकसन भएका छन् । ...








