चीनमा केन्द्रीय बैंकको अग्रसरतामा डिजिटल मुद्राको सफल परीक्षण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चीनमा केन्द्रीय बैंकको अग्रसरतामा डिजिटल मुद्राको सफल परीक्षण

काठमाडौं । चीनले आफ्नो डिजिटल यूआन मुद्राको परीक्षणबाट प्रगति गरिरहेको देखिएको छ । सुझाउ शहरमा परीक्षणको पाइलट परियोजना सफल भएको चीनले घोषणा गरिसकेको छ, जहाँ एक लाख ८१ हजार उपभोक्तालाई ५५ यूआन डिजिटल मुद्रा प्रदान गरिएको थियो ।

उपभोक्ताहरुको डिजिटल वालेटमा नि:शुल्क उपलब्ध गराइएको उक्त रकमलाई उनीहरुले मे १ देखि ५ तारिखसम्म सञ्चालन भएको ‘डबल फिफ्थ सपिङ फेस्टिभल’ मा खर्च गरेका थिए ।

पिपुल्स बैंक अफ चाइनाले  हालसम्म गरेको यो सबैभन्दा ठूलो परीक्षण थियो, जसमा गत अप्रिलयता चीनको ११ वटा क्षेत्रका पाँच लाख उपभोक्ताहरुलाई लक्षित गरिएको थियो ।

सक्षम सहभागीहरुलाई एउटा एप डाउनलोड गर्न लगाइएको थियो, जसले उनीहरुलाई वालेट प्रदान गरेको थियो । त्यसलाई प्रयोग गरी हजारौं स्टोरहरुमा खरिद गर्नुका साथै छुट पनि पाउने सुविधा थियो ।

याे डिजिटल यूआन ब्लकचेनमा डिप्लोय भएको चिनियाँ मुद्राको संस्करण हो । तर यो ब्लकचेनलाई कसले प्रयोग गर्ने, नगर्ने भन्ने विषयमा पिपुल्स बैंक अफ चाइनाले नै निर्धारण गर्दछ ।

चीनले गत वर्षको अटम सिजनमा पनि यस्तै परीक्षण गरेको थियो । तर पछिल्लो परीक्षण गत वर्षको भन्दा दश गुणा ठूलो थियो । चीनले आफ्नो डिजिटल यूआनलाई हङकङ र छिमेकी सेन्जेनबीच अन्तर सीमा स्तरमा परीक्षण गरिरहेको छ ।

हाल यो मुद्रालाई थाइल्याण्ड, यूएई तथा बैंक अफ इन्टरनेट सेटलमेन्टहरुबीच अन्तर्राष्ट्रियरुपमा भायबल बनाउन एउटा प्लेटफर्मको निर्माणमा चीन लागिरहेको छ । 

डिजिटल मुद्राका फाइदा  ...

Read More