काठमाडौँ । कोरोना संक्रमणका कारण नबिल बैंक लिमिटेडमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । बैंकको कुमारीपाटी स्थित शाखामा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएको हो । सोहि बैंकमा कार्यरत एक कर्मचारीले आफ्नी सहकर्मीको कोरोनाका कारण निधन भएको पुष्टी गरेकी छिन् । गुरुङ थर भएकी ती कर्मचारीले लक्षण देखिएपछि कोरोना परिक्षण गराएकी थिइन् ।
कोरोना संक्रमण भएपछी उनलाई सार्है गाह्रो भएपछी आइसीयुको बेडका लागि प्रयास गरिएको थियो । परिवारले आइसीयुको बेड नभेटेपछी बैंकलाईसमेत हारगुहार गरिएको तर आइसीयुको बेड नपाएपछि अन्तत: ती कर्मचारीको निधन भएको ....




