काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र अपि पावर लिमिटेडको मूल्य समायोजना भएको छ । एभरेष्टले दिन लागेको ८ प्रतिशत बोनस शेयर र अपि पावरको २९.३८ प्रतिशत हकप्रद शेयरको मूल्य समायोजना भएको हो ।
मूल्य समायोजनपछि एभरेष्टको शेयर ७२० रुपैयाँमा झरेको छ भने अपिको शेयर २९३ रुपैयाँ कायम भएको छ । मंगलबार एभरेष्टको ७७८ रुपैयाँ र अपिको शेयर ३ सय ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो ।




