प्रभु पे बन्यो पहिलो अपाङ्गमैत्री वालेट, अब अपाङ्गता भएका व्यक्तिको डिजिटल कारोबारमा पहुँच


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु पे बन्यो पहिलो अपाङ्गमैत्री वालेट, अब अपाङ्गता भएका व्यक्तिको डिजिटल कारोबारमा पहुँच

प्रभु पेले आफ्नो सेवालाई अपाङ्गमैत्री बनाएको छ । उसले सेवा प्रभावकारी बनाउन प्रविधि प्रयोगमाbअपाङ्गता भएका बर्गलाई सजिलो हुने गरी मोवाइल वालेटमा फीचर सेवा राखेको छ । अन्य वालेटहरुमा भने यो सेवा पाईदैन । बैंकिङ कारोबारबाट बाहिर रहेका मानिसलाई जोड्ने योजनाका साथ यो सेवा संचालन गरिएको प्रभु पे ले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुले आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाइएको जनाइएको छ । कम्पनीका बजार व्यवस्थापक सन्तोष गुरुङ भन्छन, ‘हामीले अपाङ्गता भएका व्यक्तिको पनि डिजिटल कारोबारमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ यो फिचरको सुरुवात गरेका हौं ।’ हाल अपाङ्गता भएका धेरै नै व्यक्तिहरुले प्रभु पे प्रयोग गरीरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अपाङ्गता भएका व्यक्तिले सजिलै प्रभु पे एपमार्फत अनलाइन कारोबार गर्न सक्छन् । जसका लागि प्रभु पेको ‘टकब्याक’ ले सपोर्ट गर्छ ।

Read More